वित्तीय विवरण सार्वजनिक गरेका २९ लघुवित्तमध्ये १७ को नाफा शतप्रतिशत धेरै बढ्यो, कालिका पहिलो

0
Shares

नेपाल स्टक एक्सेचञ्ज (नेप्से) मा सूचीकृत लघुवित्तमध्ये शनिबारसम्म २९ वटा लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरण सार्वजनिक गरेका २९ मध्ये १७ लघुवित्तको नाफा शतप्रतिशतभन्दा बढी बढेको पाइएको छ ।

यसअवधिमा धेरै जसो लघुवित्तहरु एक आपसमा मर्जर तथा प्राप्ती भई एकीकृत कारोबार गरेका कारण पनि व्यवसायमा भएको वृद्धिका कारण उच्च नाफा वृद्धि देखिएको हो ।

यस अवधिमा गत आवको चैत मसान्तको तुलनामा कालिका लघुवित्तले सबैभन्दा धेरै १ हजार ३६३ प्रतिशतले आफ्नो खुद नाफा बढाउँदै ६ करोड ९६ हजार नाफा कमाएको छ । अघिल्लो चैतमा लघुवित्तले ८१ लाख ५ हजार नाफा कमाएको थियो ।

यसैगरी गुराँस लघुवित्तले ८७२, मिर्मिरेले ३९२, साधना २९७, सिभिल २७९, महुली २६७, एनआईसी एशिया २४७, सारथी नेपाल २१८, स्वाभिमान २११, मेरो माइक्रोफाइनान्स २०९, र नेरुडेले २०८ प्रतिशतले खुद नाफा बढाएको छ ।

आरम्भ चौतारी, इन्फिनिटी, समीट, ग्लोबल आईएमई लघुवित्त, आधिँखोला र वोमी लघुवित्तको नाफा पनि १२७ देखि १९१ प्रतिशतसम्मले बढेको छ । स्पर्स, समता, स्वरोजगार, सूर्योदय, विजय, फरवार्ड कम्युनिटी, छिमेक, लक्ष्मी र गणपति माइक्रोफाइनान्सको नाफा ५९ देखि ९५ प्रतिशतसम्म बढेको छ ।

आरएमडिसी लघुवित्तको नाफा गत चैतको तुलनामा चालु आवको चैतसम्ममा ३५ र फस्ट माइक्रोफाइनान्सले १३ प्रतिशतले नाफा बढाएको छ । शनिबार वित्तीय विवरण सार्वजनिक गरेको सामुदायिक लघुवित्तको खुद नाफा भने १७.१८ प्रतिशतले घटेर १ करोड ७१ लखमा संकुचित भएको छ । खराब कर्जा बढेपछि नोक्सानी व्यवस्था बढ्दा लघुवित्तको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको यसै अवधिमा घटेको हो ।

Microfinance Net Profit Q3 
S.N. Symbol 2077 Chaitra 2076 Chaitra Change %
1 KMCDB* 60,096.00 4,105.00 1363.97
2 GLBSL 20,249.01 2,081.95 872.60
3 MMFDB* 147,502.45 29,936.80 392.71
4 SDLBSL 75,818.83 19,091.70 297.13
5 CLBSL 48,186.00 12,686.00 279.84
6 MSLB 66,844.15 18,206.20 267.15
7 NICLBSL* 427,203.00 122,784.00 247.93
8 SNLB* 65,530.98 20,545.17 218.96
9 SMFBS 39,578.84 12,697.94 211.69
10 MERO 296,509.34 95,829.30 209.41
11 NLBBL 153,339.62 49,652.35 208.83
12 ACLBSL* 78,336.17 26,868.69 191.55
13 ILBS 104,727.00 36,581.00 186.29
14 SMFDB* 100,186.75 35,912.24 178.98
15 GILB 211,574.14 84,663.77 149.90
16 AKBSL 29,059.44 11,780.35 146.68
17 WOMI* 108,483.00 47,716.00 127.35
18 SPARS 35,159.80 17,967.27 95.69
19 SMATA 66,008.81 33,845.68 95.03
20 SLBBL* 112,653.72 58,767.37 91.69
21 SLBS 62,874.03 32,922.52 90.98
22 VLBS 106,840.72 58,421.25 82.88
23 FOWAD 361,553.00 217,613.00 66.14
24 CBBL 955,967.00 597,891.00 59.89
25 LLBS 157,688.00 98,910.00 59.43
26 GMFBS 25,464.16 15,991.47 59.24
27 RMDC 205,330.51 151,449.62 35.58
28 FMDBL 97,889.00 86,672.00 12.94
29 SLBSL 17,110.98 20,659.65 -17.18
* Merger and Acquisition

मर्जर प्राप्तीमा गएका आठ लघुवित्तले कहिलेदेखि थालेका थिए एकीकृत कारोबार ?

कालिका लघुवित्तले २७६ पुस २३ देखि जनसेवी लघुवित्तलाई प्राप्ती गरेपनि गत आवको वित्तीय विवरणमा जनसेवीको १ करोड लाख नाफा नाफा समावेश नभएकाले विश्लेषणमा पनि समावेश गरिएको छैन ।

मिर्मिरेले स्वेडा लघुवित्तलाई २०७७ असार २१ गतेदेखि र नागबेली लघुवित्तलाई भदौ ७ गतेदेखि प्राप्ती गरेर एकीकृत कारोबार थालेको थियो । अघिल्लो त्रैमासमा स्वेडा र नागबेली लघुवित्तले गरेको नाफालाई विश्लेषणमा समावेश गरिएको छैन ।

एनआईसी एशिया र स्वदेशी लघुवित्तबीच मर्जर सम्पन्न २०७७ चैत ८ गतेदेखि एकीकृत कारोबार गरेका थिए । गत आवको नाफा एनआईसी एशियाको मात्र रहेकाले विश्लेषणमा समावेश गरिएको छैन ।

नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्तबीच मर्जर भई २०७७ असोज ५ गतेबाट एकीकृत कारोबार भएकोले अघिल्लो आवको नाफामा नयाँ नेपाल लघुवित्तको नाफा मात्र समावेश छ ।

आरम्भ र चौतारी लघुवित्तबीच २०७७ असार २२ गतेदेखि मात्र एकीकृत कारोबार भएको हुनाले तत्कालिन अवस्थाको चौतारी लघुवित्तको खुद नाफाको आधारमा मात्र यहाँ नाफा वृद्धि तुलना गरिएको छ । आरम्भ लघुवित्तले आर्जन गरेको खुद नाफालाई यहाँ समावेश गरिएको छैन ।

समीट लघुवित्त र सजिलो लघुवित्तबीच मर्जर भई २०७७ असोज ६ गतेबाट एकीकृत कारोबार भएकोले अघिल्लो आवको नाफामा समीट लघुवित्तको नाफा मात्र समावेश छ ।

वोमी लघुवित्त र ग्रामीण स्वंयमसेवक लघुवित्तबीच मर्जर भई २०७७ चैत ३ गतेबाट एकीकृत कारोबार भएकोले अघिल्लो आवको नाफामा वोमी लघुवित्तको नाफा मात्र समावेश छ ।

स्वरोजगार लघुवित्त र जनकपुर लघुवित्तबीच मर्जर भई २०७७ असोज २५ गतेबाट एकीकृत कारोबार भएकोले अघिल्लो आवको नाफामा स्वरोजगार लघुवित्तको नाफा मात्र समावेश छ ।

तेस्रो त्रैमासमा वित्तीय विवरण सार्वजनिक गरेका लघुवित्तको यस्तो छ प्रगति:-

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ वैशाख २०७८, शनिबार  १७ : ४८ बजे