स्वरोजगार लघुवित्त (SLBBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ११ करोड २६ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आवको यसै अवधिमा ५ करोड ८७ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले खुद नाफा ९१.६९ प्रतिशतले बढेको हो ।
नाफा बढेसँगै कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १३.५८ रुपैयाँ बढेर ३६.५२ रुपैयाँ कायम भएको छ ।
चुक्ता पूँजी ४१ करोड १२ लाख ७९ हजार रुपैयाँ रहेको लघुवित्तको जगेडा कोष ६०.३७ प्रतिशत बढेर १६ करोड ५२ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले २ अर्ब ४१ करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन तथा २ अर्ब ३१ करोड ८७ लाख रुपैयाँ सापटी गरी ५ अर्ब २१ करोड ७१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट २३ करोड ७ लाख १५ हजार रुपैयाँ खुद ब्याज आम्दानी र ८ करोड ८३ लाख ५२ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।
यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३७.५४, सञ्चालन नाफा ४२.३४, निक्षेप ४४.१६ र कर्जा लगानी ५५.५३ प्रतिशत बढेको छ ।
समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा अनुपात २.७५, कोषको लागत ६.८८, प्रतिशेयर नेटवर्थ १४०.१९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४०.८८ गुणा छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया