यूनियन लाइफको खुद बीमाशुल्क ५९.४०% ले बढे पनि नाफा साढे ७% ले घट्यो

0
Shares

यूनियन लाइफ इन्स्योरेन्सले चालु आवको तेस्रो त्रैमाससम्ममा ५ अर्ब ५ करोड ५१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ५९.४० प्रतिशतले धेरै हो । गत आवको चैत मसान्तसम्ममा कम्पनीले ३ अर्ब १७ करोड १४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

खुद बीमाशुल्क बढे पनि यस अवधिमा कम्पनीको नाफा भने घटेको छ । कम्पनीले चैत मसान्तसम्ममा ८ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ७.५६ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले ८ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा आकार ७३ करोड ७१ लाख रुपैयाँे छ । समीक्षा अवधिमा कम्पनीको बीमा कोषमा ६ अर्ब ९० करोड २ लाख १० हजार रुपैयाँ सञ्चित छ । गत आवको यसै अवधिमा ३ अर्ब ६८ करोड ५४ लाख ५२ हजार रुपैयाँ रहेकोमा ८७.२३ प्रतिशतले बढेको हो।

कम्पनीले यस अवधिमा ३४ हजार ८४० वटा बीमालेख जारी गरि ५ अर्ब २४ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ५९३ वटा दाबी वापत १ अर्ब ४५ करोड ९७ लाख रुपैयाँ भुक्तानी गरेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।