सानिमा लाइफको नाफा ९ करोड, खुद बीमाशुल्क १५१% वृद्धि

0
Shares

सानिमा लाइफ इन्स्योरेन्सले चालु आवको तेस्रो त्रैमासमा खुद बीमाशुल्क र खुद नाफा बढेको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा खुद बीमाशुल्क संकलनलाई १५१.५८ प्रतिशतले बढाएको छ ।
चैत मसान्तसम्ममा कम्पनीले १ अर्ब ४४ करोड ८७ लाख २१ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ५७ करोड ५८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

यस अवधिमा कम्पनीले ९ करोड ३६ लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत आवको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा ११ दशमलव ७५ प्रतिशतले बढी हो । गत आवको यसै अवधिमा कम्पनीले ८ करोड ३८ लाख ३८ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष २० करोड ६३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ९२ करोड ३५ लाख रुपैयाँ छ ।

कम्पनीले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट ९ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेमने छ । गत आवको यसै अवधिमा कम्पनीले यस शिर्षकबाट ४ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यस अवधिमा कम्पनीले १ अर्ब ४७ करोड ८२ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने ८ करोड ५० लाख ५२ हजार कुल दाबी भुक्तानी गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ५८ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीले यस अवधिसम्ममा ९६९ बीमा दाबी वापत ८ करनेड ५० लाख ५२ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।