स्रोत नखुलेको साढे १७ लाख भारु सहित एक पक्राउ

स्रोत नखुलेको साढे १७ लाख भारु सहित एक पक्राउ

नेपाल प्रहरीले स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बर्दियाको राजापुर नगरपालिका–४ सत्तीघाटबाट उक्त रुपैयाँ सहित कैलाली टिकापुरका २९ वर्षीय गोपाल चौधरीलाई आइतबार पक्राउ गरेको हो ।

कैलालीबाट राजापुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्र.०१००८ प ८१४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक चौधरीलाई उक्त स्रोत नखुलेको भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

साथै उनको साथबाट १ थान ल्यापटप, १ थान मोबाईल र थान सिमकार्ड समेत प्रहरीले बरामद गरिएको छ ।

उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ बैशाख २०७८, सोमबार १५ : ५० बजे