सिद्धार्थ बैंकद्वारा कोरोना नियन्त्रणका लागि एक करोड ४ लाख सहयोग

0
Shares

सिद्धार्थ बैंकले वैशाख २९ गते बुधबारका दिन कोरोना भाइरसको रोकथामका तथा नियन्त्रणका लागि १ करोड ४ लाख सहयोग प्रदान गरेको छ ।

बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा १० लाखका दरले ७० लाख र आफ्ना शाखाहरु रहेका १७ वटा गाउँपालिकाका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २ लाखका दरले३४ लाख सहयोग गरेको हो ।

हालको प्रतिकुल परिस्थितिमा तोकिएका स्वास्थ सम्बन्धी मापदण्ड अनुरुप स्थानीय अधिकारी एवं अन्य सरकारी निकायसंगको समन्वयमा, बैंकले देशभरका विभिन्न शाखाहरुबाट सम्भव भएसम्म सेवा प्रदान गर्दै आइरहेको छ भने बंैकले ग्राहकहरुको सहजताकालागि घरैमा बसी प्रबिधि मैत्री डिजिटल माध्यमबाटपनि बंैकिङ्ग सेवा उपलब्ध गर्दै आईरहेको छ ।

बैंक आफ्ना ग्राहक महानुभावहरुलाई त्यस्ता डिजिटल बैंकिङ्ग सेवाहरुको प्रयोग गरी कोरोना भाइरस रोकथामका लागि सहकयोग पु¥याइदिनुहुन आग्रह समेत गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।