धितोपत्र बोर्डका निलम्बित अध्यक्षलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदको निर्णय


सरकारले नेपाल धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भीष्मराज ढुङ्गानासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ढुङ्गानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माका प्रेस संयोजक गोविन्द रोक्काले जानकारी दिए ।

उनका अनुसार विकसित घटनाक्रमका सम्बन्धमा प्रतिवेदन समेत आईसकेको अवस्थामा स्पष्टीकरण सोध्ने निर्णय मन्त्रिपरिषदले गरेको हो ।

सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणबाट विवादमा मुछिए पनि अहिले ढुङ्गाना माथि ५१ कम्पनीको सूची प्रकरण, अजोड इन्स्योरेन्सको शेयर प्रकरण लगायतका आधा दर्जन बढी विषय जोडिएको छ ।

अर्थमन्त्रालयले अनुसन्धान अघि बढाएसँगै सरकारले नै मन्त्रिपरिषदको निर्णय मार्फत छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो ।

मन्त्रिपरिषदको सो निर्णय लगत्तै ढुङ्गाना अदालत गएका थिए । उक्त समितिको सिफारिसमा मन्त्रिपरिषदले ढुङ्गानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

आइएमई समुहको वाइको सोलुसनलाई तत्काल भुक्तानी नगर्ने ब्रोकरहरुबीच सहमती …

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।