उद्योग वाणिज्य संघ काठमाण्डौंमा कर तथा राजश्व समिति गठन


नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंले कर तथा रजश्व समिति गठन गरेको छ । संघका कार्यसमिति सदस्य नानीराज घिमिरेको सभापतित्वमा १३ सदस्यीय समिति गठन गरिएको संघले जनाएको छ ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले समितिका पदाधिकारीलाई मनोनयनपत्र हस्तान्तरण गरेका हुन् ।

समितिको उपसभापतिमा कार्यसमिती सदस्य सदिश श्रेष्ठ तथा सदस्यहरूमा वसन्त श्रेष्ठ, विवेक तुलाचन, ज्ञानेन्द्र दाहाल, गणेश प्रसाद न्यौपाने, नरेन्द्र गुप्ता, प्रेम हरी मैनाली, राजुलाल श्रेष्ठ, राजेश्वर लाल जोशी, रमन कायस्थ, सरोज कुमार श्रेष्ठ, सरोज थापा र सृजना श्रेष्ठलाई संघका अध्यक्ष दिनेश श्रेष्ठले स्वागत गरेका थिए ।

नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ र कर तथा राजश्व समिति विच परिचयात्मक र कर तथा राजश्व सम्बन्धि छलफल कार्यक्रम समेत गरिएको संघका अध्यक्ष दिनेश श्रेष्ठले बताए । नव गठीत समितिले पहिलो कार्यसमिति बैठक पनि आइतबार नै सम्पन्न गरी आगामी कार्यदिशा तय गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।