सिटिजन्स बैंकको लाभांश खाने कि नखाने ? अन्तिम फैसला गर्ने आज अन्तिम दिन

0
Shares


सिटिजन्स बैंक (CZBIL) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने बुधबार ( असोज २० गते) अन्तिम दिन रहेको छ ।

१५ औं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज २२ गते शुक्रबार शेयर दाखिल खारेजी ( बुकक्लोज) मिति तोकेको छ । यसअनुसार बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने लगानीकर्ताले प्रस्तावित लाभांश पाउने व्यवस्थामा बिहीबार घटस्थापनाको सार्वजनिक बिदा परेकाले बुधबारसम्म कायम लगानीकर्ताले मात्र लाभांश पाउने भएका हुन् ।

बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट आफ्ना शेयरधनीलाई चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस शेयर र ३.०८७ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ५७ करोड रहेको छ । यसअनुसार बैंकले लाभांश वितरणका लागि २ अर्ब १ करोड २३ लाख ०७ हजार ६९८ दशमलव ३४ रुपैयाँ वितरण गर्नेछ । जसमध्ये १ अर्ब ६२ करोड ४० लाख ५० हजार ८९१ रुपैयाँ १० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजन सहित चुक्ता पूँजीको ३.०८७ प्रतिशतका दरले हुन आउने ३८ करोड ८२ लाख ५६ हजार ८०७ दशमलव २४ रुपैयाँ बराबरको नगद लाभांश रहेको छ ।

बैंकको लाभांश १५ औं वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

सिटिजन्स बैंकले तोक्यो बुकक्लोज

सिटिजन्स बैंकले घोषणा गर्यो लाभांश

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।