सिटिजन्स बैंक (CZBIL) ले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि शेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ ।
बैंकले १५ औं वार्षिक साधारण सभा प्रयोजनको लागि असोज २२ गते एक दिन बुकक्लोज गर्ने भएको हो ।
यसअनुसार असोज २१ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीले मात्र उक्त सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट आफ्ना शेयरधनीलाई चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस शेयर र ३.०८७ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश वितरण्ण गर्ने प्रस्ताव गरेको छ ।
हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ५७ करोड रहेको छ । यसअनुसार बैंकले लाभांश वितरणका लागि २ अर्ब १ करोड २३ लाख ०७ हजार ६९८ दशमलव ३४ रुपैयाँ वितरण गर्नेछ । जसमध्ये १ अर्ब ६२ करोड ४० लाख ५० हजार ८९१ रुपैयाँ १० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजन सहित चुक्ता पूँजीको ३.०८७ प्रतिशतका दरले हुन आउने ३८ करोड ८२ लाख ५६ हजार ८०७ दशमलव २४ रुपैयाँ बराबरको नगद लाभांश रहेको छ ।
बैंकको लाभांश १५ औं वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया