पहिलो त्रैमासमा चार बैंक अर्बपति क्लबमा, कुन बैंकले कति कमायो नाफा ?

0
Shares

अधिकांश वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् । धेरैजसो बैंकले नाफा बढाएको वित्तीय विवरण प्रस्तुत गरेका छन ।

सोमबारसम्म नेप्सेमा सचीकृत २३ वाणिज्य बैंकहरुले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । यसअवधिमा चार बैंकले एक अर्ब बढी खुद नाफा गरेका छन् भने आठ बैंकको नाफा ५० करोड भन्दा कम छ । सबैभन्दा कम नाफा कमाउने बैंक अफ काठमाण्डूको २५ करोड ३४ लाख रुपैयाँ छ।

विवरण प्रकाशित गरेकामध्ये एनआईसी एशिया, नबिल, ग्लोबल आइएमई र एनएमबि बैंकले अर्ब बढी नाफा कमाएका छन् । जसमा सबैभन्दा धेरै एनआईसि एशिया बैंकले १ अर्ब १८ करोड खुद नाफा कमाएको छ । नबिलको नाफा १ अर्ब ११ करोड २२ लाख ३५ हजार तथा ग्लोबल आइएमईको नाफा १ अर्ब ११ करोड २२ लाख २४ हजार नाफा कमाएका छन् । अर्बपति क्लबमा पर्ने चौथो बैंक एनएमबिले एक अर्ब चार करोड नाफा गरेको छ ।

प्राइम, सिद्धार्थ र मेगा बैंकले ९० करोड भन्दा बढी एक अर्ब भन्दा कम नाफा गरेका छन् । सबैभन्दा कम बैंक अफ काठमाण्डूले नाफा कमाउँदा क्रमश सेञ्चुरी, एसबिआई र कृषि विकास बैंक कम नाफा कमाउने बैंकका रुपमा रहेका छन् ।

प्रतिशेयर आम्दानीका आधारमा पनि एनआईसी एशिया पहिलो बनेको छ । जसको प्रतिशेयर आम्दानी ४०.८४ रुपैयाँ छ । दोस्रोमा हुने सिद्धार्थको ३३.६१ रुपैयाँ, तेस्रोमा नबिलको ३२ रुपैयाँ १२ पैसा प्रतिशेयर आम्दानी छ । सबैभन्दा कम बैंक अफ काडमाण्डूको सबैभन्दा १० रुपैयाँ ४८ पैसा प्रतिशेयर आम्दानी रहेको छ ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।