सिद्धार्थ बैंकको प्रतिशेयर आम्दानी करिब १६ रुपैयाँ बढ्यो

0
Shares

सिद्धार्थ बैंक लिमिटेड (SBL) को वार्षिक प्रतिशेयर आम्दानी १५.६९ रुपैयाँले बढेको छ ।

समीक्षा अवधिमा बैंकको खुद नाफा ८९.५० प्रतिशतले बढेसँगै वार्षिक प्रतिशेयर आम्दानी बढेर ३३.६१ रुपैयाँ पुगेको हो ।

गत आवको पहिलो त्रैमासमा बैंकको वार्षिक इपिएस १७.९२ रुपैयाँ रहेको थियो ।

आइतबार सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ९४ करोड ८७ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५० करोड ६ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्ममा बैंकले १ खर्ब ८३ अर्ब ५२ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन तथा १ खर्ब ७३ अर्ब १७ करोड ४६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले १ अर्ब ७५ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी तथा १ अर्ब ३५ करोड ६३ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी १० अर्ब ९६ करोड २३ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ८ अर्ब २ करोड ६७ लाख र शेयरधनी कोषमा १ अर्ब ६३ करोड ४१ लाख रुपैयाँ सञ्चित रहेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २९ करोड ७८ लाख ११ हजार रुपैयाँ रहेको छ । यसबाट बैंकले वार्षिक १०.८७ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ । यद्यपी शेयरधनी कोषमा सञ्चित रकम अनुसार बैंकले लगानीकर्तालाई थप लाभांश वितरण गर्न सक्दछ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थीर रहँदा शेयरधनी कोष २८.७४, निक्षेप संकलन १.४४, कर्जा लगानी ९.२३, खुद ब्याज आम्दानी ३०.२५, सञ्चालन नाफा ८७.२७ प्रतिशतले बढेको हो ।

असोज मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर ०.५४, कोषको लागत ५.५५, आधार ब्याजदर ७.५७, स्पेडदर ३.४७, र कर्जा निक्षेप अनुपात ८७.७५ प्रतिशत, प्रतिशेयर नेटवर्थ १८८.१३ रुपैयाँ , मूल्य आम्दानी अनुपात १३.६६ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।