रोटरी क्लबद्वारा आजाद आधारभूत विद्यालयलाई सहयोग


काठदया फाउण्डेशनद्वारा सहयोग प्रदान गर्दै आईरहेको काठमाडौं लगन स्थित सरकारी विद्यालय श्री आजाद आधारभूत विद्यालय २०७२ सालको महाभुकम्पले भौतिक संरचनाहरुमा क्षती पु¥याएको कारणले विद्यार्थीहरुलाई पठनपाठनमा कठिनाइ भइरहेको छ ।

रोटरी भूकम्प राहत कार्यक्रम ईआरआरआरपी अन्तर्गत रोटरी डिस्ट्रिक्ट ३२९२ को सहयोगमा रोटरी क्लब अफ काठमाण्डौं मिड टाउनले सो विद्यालयको कक्षा कोठाहरुको निर्माण सम्पन्न गरेको छ साथै क्लबले विद्यालयलाई डेस्क, बेन्च, कम्प्युटर टेबल, कुर्सी, दराज तथा अन्य फर्निचरहरु समेत उपलब्ध गराएको छ ।

विद्यालय परिसरमा आयोजना गरिएको एक कार्यक्रमको माझ विद्यालय व्यवस्थापनलाई नव निर्मित कक्षा कोठा संगै डेस्क, बेन्च, कम्प्युटर टेबल, कुर्सी, दराज तथा अन्य फर्निचरहरुको हस्तान्तरण गरिएको हो ।

दया फाउण्डेशनका अध्यक्ष राजेश प्रधानले यस विद्यालयको गुणस्तरिय शिक्षाको लागि फाउन्डेसनले पु¥याई रहेको सहयोगमा होस्तेमा हैस्ते गरी रोटरी क्लबले विद्यालयलाई प्रदान गरेका सहयोगक प्रति हार्दिक धन्यवाद ब्यक्त गरि यस परियोजनाको सफल कार्यन्वयन पश्चात करिब एक सय वालवालिका लाभान्वित हुने जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।