महालक्ष्मी लाइफ इन्स्यारेन्सले आइपीओ निष्कासन गर्दै, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

0
Shares

महालक्ष्मी लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले जारी पूँजी दुई अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरको ६० लाख कित्ता शेयर निष्काशन गर्ने भएको हो ।

जसका लागि कम्पनीले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सोमबार एक कार्यक्रम आयोजना गर्दै इन्स्योरेन्स र क्यापिटलबिच सम्झौता पत्रमा हस्ताक्ष्र भएको छ ।

कार्यक्रममा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

कम्पनीले २०७५ माघ १ गते बीमा समितिबाट जीवन बीमा कारोबार इजाजत प्राप्त गरेको थियो । हाल कम्पनीले ६३ वटा शाखा तथा उपशाखा मार्फत १३ वटा बीमा योजनाहरु बिक्रि गर्दै आइरको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।