
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी जेठ २२ देखी २८ गतेसम्म राष्ट्रिय
खेलकुद प्रतियोगिता संचालन गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले प्रतियोगिताको मिति तय गरेको हो ।
गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय नगरी पोखरामा आयोजना गरीने प्रतियोगिताको मिति तय भएसँगै आवश्यक तयारी थाल्न युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले निर्देशन समेत दिएका छन् ।
प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्य सहित सुरु गरिएको राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण २०७७ मा आयोजना गर्नुपर्ने थियो । तर, विश्वव्यापी रुपमा फैलिएको कोभिड संक्रमणका कारण दुई वार्षदेखी सञ्चालन हुन नसकेको प्रतियोगिता आगामी जेठमा संचालन हुने भएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
