गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात थप डेढ महिना प्रतिबन्ध


सरकारले आयात प्रतिबन्ध  गरेका वस्तुहरूको संख्या घटाएको छ । सरकारले भदौ १४ गते सम्म  १० वस्तुहरूको आयात पूर्ण रुपमा बन्देज लगाएकोमा घटाएर ४ मा सीमित गरेको हो । 

उच्च आयातका कारण विदेशी विनिमय सञ्चिति दबाब परेपछि सरकारले आयात नै नियन्त्रणको नीति अवलम्बन गरेको थियो । सोही नीतिलाई निरन्तर दिदै सरकारले आगामी असोज २८ गते सम्म गाडी, मोबाइल, मदिरा र १५० सीसी क्षमता भन्दा माथिका मोटरसाइकल आयातमा लगाइएको प्रतिबन्धलाई निरन्तरता दिएको छ । 

सरकारले राजपत्रमा सूचना प्रकाशन गर्दै प्रतिबन्ध लगाएका मध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध हटाएको हो । प्रतिबन्ध हटेका बस्तुहरूमा रङ्गीन टीभी, कुरकुरे, हिरा, खेलौना, तास तथा चुरोट रहेका छन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ती वस्तुहरूको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।