ब्याजदर बढ्ने त्रासले सेयर बजारमा पहिरो, कारोबार भने बढ्यो

ब्याजदर बढ्ने त्रासले सेयर बजारमा पहिरो, कारोबार भने बढ्यो

बैंकहरुले आगामी महिनाबाट बैंक ब्याजदर बढाउने भएपछि सेयर बजारमा त्यसको नकारात्मक असर परेको छ ।

बैंकरहरुले निक्षेपमा दिने ब्याजदरको भद्र सहमतिलाई खुला छोड्न नयाँ भद्र सहमति गरेपछि बिहीबार नेप्से सूचक ५७ अंकले ओरालो लागेको छ । अघिल्लो दिन नेप्से सूचक ४७.४४ अंकले बढेको थियो ।

बिहीबार बैंकरहरुको छाता संगठन नेपाल बैंकर्स संघले निक्षेपमा ११.०३ प्रतिशत भन्दा धेरै ब्याजदर नदिने यसअघिको भद्र सहमतीलाई खुला छोड्ने निर्णय गरेको थियो । बैंकहरुले निक्षेपमा ब्याजदर बढाउने भएपछि सेयर बजार ओरालो लागेको हो।

भद्रा सहमति खारेज भएसँगै बै‌ंकहरु ब्याजदर बढाउने पक्षमा देखिएका छन्। । बैंकहरुले अघिल्लो महिनाको औसतको १० प्रतिशतका दरले ब्याजदर बढाउन पाउनेछन । जस अनुसार बैंकहरुले असोज महिनका लागि निक्षेपमा अधिकतम १२.१३ प्रतिशत ब्याज दिन पाउनेछन ।

बैंकहरुले अहिले साधारण मुद्दतिमा ११.०३ प्रतिशत, रेमिटेन्स बचतमा १२.०३ प्रतिशत तथा संस्थागतको अधिकतम १०.५३ प्रतिशत ब्याज दिइरहेका छन।

बिहीबार नेप्से सूचक ५७ अंकले घटेर १९२४.४८ अंकमा झरेको छ । नेप्से सूचक आरोलो लागेपनि कारोबार रकममा भने सुधार आएको छ । यसदिन २३२ कम्पनीको ६९ लाख ४० हजार ५९६ कित्ता सेयर २ अर्ब १२ करोड ५६ लाख ५५ हजार रुपैयाँ बराबरमा किनबेच भएको छ । बुधबार २२७ कम्पनीका ४६ लाख १८ हजार ५१६ कित्ता सेयर ३१ हजार २३ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब ४५ करोड ३८ लाख २४ हजार राबरमा किनबेच भएको थियो ।

यसदिन कारोबारमा आएका सबै समूह ओरालो लागेका छन ।

यस दिन सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमूल्य सर्वाधिक ४.१२ प्रतिशत बढेको छ। त्यसैगरी, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ४ प्रतिशत बढेको छ।  एनआइसी एसिया फ्लेक्सी क्याप  फण्डको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा लक्ष्मी बैंकको सबैभन्दा बढी २१ करोड ५० लाख भन्दा बढीको कारोबार भएको छ ।              

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ३० भदौ २०७९, बिहीबार १५ : १३ बजे