बससेवाबाट डेढ सय बढी गन्तव्यका लागि अनलाइन टिकट बुकिङ गर्न सकिने

0
Shares

दशैंका लागि उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुहरुले असोज १ गतेदेखि बससेवाबाट अग्रिम टिकट बुकिङ गर्न सक्ने भएका छन । बस सेवाले डेढ सय बढी गन्तव्यका लागि अनलाइन टिकट बुकिङ खुला गर्न लागेको हो ।

यातायात व्यवस्था बिभागले यो वर्षको दशैंका लागि असोज १ गतेबाट अग्रिम टिकट बुकिङ खुला गर्न भनेपछि बससेवाले पनि सोहि दिनबाट अनलाइन टिकट बुकिङ खुला गर्न लागेको हो ।

दशैंका बेला लामो दुरीको यात्रा गर्ने यात्रुहरुले टिकट बुकिङका लागि बसपार्कहरुका टिकट काउन्टरहरुमा लामो समय लाइन बसेर दिनै बिताउनु पर्ने समस्या भोग्ने गरेका छन । यस्ता समस्याहरु न्यूनीकरण गर्न बससेवाले पनि असोज १ गतेबाट अनलाइन अग्रिम टिकट बुकिङ खुला गर्ने संस्थापक पिआर खनालले जानकारी दिए। 

बससेवा मार्फत अनलाइन टिकट बुकिङ गर्नको लागि बससेवा वेवसाइट बससेवा डटकम वा विभिन्न मोबाइल एप मार्फत यात्रुहरुले सहजै रुपमा घरबाट नै बसको टिकट लिन सकिने छ । बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो । बससेवाले नेपालभरका एसी, डिलक्स्, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ ।

यात्रुहरूले बससेवा डटकम, बससेवाको मोबाईल एप्लीकेशन तथा इसेवा, फोनपे, खल्ती, प्रभुपे लगायत नजिकै रहेका साइबर, कम्युनिकेशन तथा मोबाईल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत अनलाइन टिकट काट्न सक्ने कम्पनीले जनाएको छ।

यसपालीको दशैैंका लागि बससेवाट झण्डै १६० गन्तव्यका लागि टिकट बुकिङ गर्न सकिने व्यवस्था गरिएको बससेवाका खनालले बताए । बससेवासँग सामान्य बस देखि डिलक्स् बसहरु उपलब्ध छन् । ९५ प्रतिशत बस डिलक्स् नै रहेको उनको भनाई छ।

बससेवा तथा अन्य अनलाइन एपहरुमा साझा यातायात, धौलागिरी यातायात, शुभ जगदम्बा ट्राभल्स, स्वयम्भु मन्जुश्री, पोखरा जगदम्बा, मनकामना दर्शन, न्यू पृथ्वी, सुलभ डिलक्स, रुद्राक्ष एयरबस, माउन्ट मकालु यातायात लगायतका डेढ सयभन्दा धेरै बस कम्पनी आबद्ध रहेका छन । तर, यातायात व्यवसायीले सिट संख्या कम दिँदा सबैलाई अनलाइन टिकट उपलब्ध गराउन मुस्किल पर्ने गरेको उनको गुनासो छ ।

बस सेवाबाट बिहान, दिउँसो र बेलुकाको समयको लागि टिकट लिन सकिने छ । ठाउँ अनुसार बस भाडा फरक भएता पनि टिकट काउन्टरमा टिकट काट्नु र अनलाइनबाट टिकट काट्ने रकम एउटै रहेको बससेवाको भनाई छ ।

सरकारबाट सहजीकरण हुने हो भने आफुहरूले यातायात क्षेत्रमा चाहिने उच्चस्तरको प्रविधि निर्माण गरेकाले सबै रूटका सवारीलाई अनलाइनमा राख्ने र अग्रिम बुकिङ अनलाइनबाट गर्ने खनालको भनाइ छ । उनले भने ‘अनलाइन टिकट काट्दा शुरूमा टिकट काट्ने हो भने कति भाडा पछ्र्, कति सिट बाँकी छन्, कति बुकिङ भए र थप कति गाडी आवश्यक पर्छ भन्ने सबै कुराको अनुगमन गर्न सकिन्छ । टिकट दोहोरिने तथा नपाउने समस्या पनि हुँदैन ।’

बससेवाबाट मुलुकका विभिन्न गन्तव्यका लागि अनलाइन टिकट काट्न सकिन्छ । अहिले काकडभिट्टा, बिरगन्ज, दील्ली, भद्रपुर, गौर, बुटवल, बिर्तामोड, हेटौडा, भैरहवा, बुधबारे चितवन, सुनौली, बनियानी, गोर्खा, लुम्बिनी, पशुपतीनगर, लमजुंग, तौलिहवा, तेह्रथुम, भुलभुल, कृस्णनगर, ईलाम, बेशीसहर, पाल्पा, मंगलबारे, मन्थली, सिन्धुली, गुल्मी, फिक्कल, रामेछाप, सिमलटारी, दमक, अर्घाखाँची, इटहरी, सोल, परासी, लेटाङ्ग, हलेसी, महेशपुर, धरान, दिख्तेल, दाङ, बिराटनगर, ओखलढुंगा, तुल्सीपुर, कटारी, लालबन्दी, नेपालगन्ज, कल्यानपुर, बर्दिबास, कोहलपुर, गाईघाट, मलङ्वा, सुर्खेत, लहान, सर्लाही, दैलेख, मिर्चैया, भक्तिपुर, मनकामना, राजबिराज, त्रिभुवननगर, सौराहा, जनकपुर, सिराहा, पोखरा, जलेश्वर, ईटहरा, सौठा, नयाँपुल, जटही, जिरी, खिम्ती, गौरिगंज, गौरादह, बसन्तपुर, सिधुवा, धनकुटा, हिले, आदी नेपालको मुख्य मुख्य ठाउँहरुमा जानको लागि बससेवाबाट अग्रिम टिकट बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।