राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले फोनपे क्यूआर मार्फत भुक्तानी गर्दा १०% सम्म छुट पाउने

0
Shares


राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले वाणिज्य बैंकको मोबाईल एप्स्मार्फत फोनपको क्यूआरबाट भुक्तानी गर्दा दश प्रतिशतसम्म अथवा बढिमा सय रुपैयाँसम्म छुट पाउने भएका छन् ।

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक र वाणिज्य बैंकका ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंकका डिजिटल बैकिङ्ग प्रमुख रिषिराम ढकाल र फोनपेका तर्फबाट बिजनेस डेभलपमेन्ट प्रमुख रुशान्त श्रेष्ठका बिचमा हस्ताक्षर भयो । यो योजना असोज ७ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ ।

नेपालीहरुको महान चाड दशैँमा किनमेल गर्न केही सुलभ होस् भन्ने उदेश्यले यो योजना ल्याइएको हो । फोनपेले आफ्ना मर्चेन्ट तथा प्रयोगकर्तालाई लक्षित् गर्दै विभिन्न योजना सञ्चालन गर्दै आइरहेको छ ।

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ ।

फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन् । एक करोड ५० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।

२०२२ सालमा स्थापित सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक नेपालको अग्रणी बैंक हो । ७७ वटै जिल्लामा सेवा प्रदान गर्दै आएको यस बैंकले २०६० भन्दा धेरै शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।