नाडामा नबिलको आकर्षक योजना तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र पाइने

0
Shares

नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना ल्याएको छ।

बैंकले यही असोज ६ गते देखि असोज ९ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुन गइरहेको नाडा ईभी एक्स्पो २०२२मा सहभागी हुुँदै आफ्ना ग्राहक वर्गहरुलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रसाशनिक शुुल्कमा विशेष छुट उपलब्ध गराउनेछ ।

वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारीसाधनको आवश्यकता रहेकोले यस्तो आकर्षक अफर ल्याएको बैंकले जानकारी गराएको छ।

नाडा ईभी एक्सपो अन्तर्गत बैंकको स्टल नं. जी१२ मा ग्राहक वर्गलाई तत्काल ऋण मुल्यांकन गरी कर्जा स्वीकृति पत्र शर्तहरु लागू हुने गरी प्रदान गर्ने सुविधा ल्याएको छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।