आपूर्ति ब्यवस्था प्रभावकारी नहुँदा सुनचाँदी ब्यवसायी मर्कामा

आपूर्ति ब्यवस्था प्रभावकारी नहुँदा सुनचाँदी ब्यवसायी मर्कामा

बजारमा सुनको आपूर्ति ब्यवस्था प्रभावकारी नहुँदा सुनचाँदी ब्यवसायमा आवद्ध ब्यवसायीहरु मर्कामा परेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ

महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधमिण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराई समक्ष यस्तो गुनासो गरेको हो ।

उपभोक्त सरोकारका विभिन्न बिषयमा छलफलगर्ने क्रममा विभागले आयोजना गरेको एक कार्यक्रममा महमासंघका प्रतिनिधिहरुले बजारको मागको तुलनामा आपूर्ति अत्यन्तै कम मात्र भएकोले ब्यवसाय सञ्चालन गर्न नै कठीनाई भएको बताए ।

त्यसक्रममा विभागका महानिर्देक भट्टराइले ब्यवसायीको गुनासो जायज भएको र त्यसलाई आपूले सम्वन्धित निकायमा पुर्याउने प्रतिवद्धता जनाए । त्यसक्रममा अन्य विभिन्न संस्थाका प्रतिनिधहिरुको पनि सहभागिता रहेको थियो । महासंघका तर्फवाट भने अध्यक्ष शाक्यसँगै उपाध्यक्ष दियशरत्न शाक्य एवं महासचिव धर्मशुन्दर बज्राचार्यको सहभागिता रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: ४ कार्तिक २०७९, शुक्रबार १७ : ४० बजे