नेपाल लाइफले लाभांश पारित गर्न बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

0
Shares

नेपाल लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको प्रस्तावित लाभांश पारित गर्न मंसिर ८ गते बाइसौँ वार्षिक साधारण सभा बोलाएको हो।

कम्पनीको साधारण सभा होटल भिष्वा, वीरगंज पर्सामा बिहान ९ बजे शुरु हुनेछ।

सभाले चुक्ता पूँजीको १५.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै कम्पनीको वार्षिक कार्य प्रगति प्रतिवेदन, वित्तयि विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिले गरेको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक १८ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यस अनुसार कात्तिक १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश पारित गर्नेछ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।