सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी निर्देशिका जारी गर्न व्यवसायीको आग्रह

0
Shares

सुनचाँदी ब्यवसायीहरुले सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी निर्देशिका जारी वाणिज्य तथा आपूर्ति ब्यवस्थापन विभागसँग आग्रह गरेका छन् ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधीमण्डले सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी निर्देशकाको अभावमा ब्यवसाय सञ्चालनमा नै बाधा पुगेको भन्दै सिघै निर्देशका जारी गर्न आग्रह गरेको हो ।

त्यसक्रममा वाणिज्य तथा आपूर्ति ब्यवस्थापन विभागका महानिर्देशक कमल भट्टराइले ब्यवसायीहरुको मागलाइ आफूले सकारात्मकरुपमा लिएको र सिघ्र निर्देशका जारी गर्न पहल गर्ने बताए । यसका लागि आवश्यक अध्ययनगरी सिघ्र प्रकृया अगाडि बढाउने आश्वाशन दिए।

सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी प्रष्ट निर्देशिका नहुँदा ब्यवसायीहरु मर्कामा पर्दै आएका छन् ।यसैवीच ब्यवसायीहरुले बजारको माग अनुरुप आपूर्ति ब्यवस्था मिलाउनकालागि आवश्यक पहलगर्न पनि विभाग समक्ष आग्रह गरे ।

पछिल्लो समय बजारको माग अनुसार सुनको आपूर्ति नहुँदा सुनचाँदी ब्यवसायी मर्कामा परेका छन् । विदेशी विनिमय सञ्चितिको अवस्थालाई देखाउँदै नेपाल राष्ट्र बैंकले सुनको आपूर्ति घटाएका कारण बजारमा सुनको अभाव भएको छ ।

पछिल्लो समयमा विभिन्न बैंकहरुमार्फत दैनिक १० किलो सुन आपूर्ति हुँदैआएको छ । बजारको माग भने यो भन्दा निकै बढी भएको ब्यवसायीहरुको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।