नेपाल लाइफको खुद बीमा शुल्क आर्जन झण्डै १० अर्ब, नाफामा छलाङ्ग

0
Shares

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा झण्डै दश अर्ब रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीको खुद बीमा शुल्क गत वर्षको सोही अवधिको तुलनामा १.९७ प्रतिशतले बढेर ९ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको बीमा शुल्क आर्जन ९ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो।

कम्पनीले सार्वजनिक गरेको प्रथम त्रैमास वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा ह्वातै बढ्दा प्रति सेयर आम्दानीमा उच्च बढोत्तरी आएको छ । कम्पनीले पहिलो त्रैमाससम्म १७ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको छ । जबकी गत वर्षको यसै अवधिमा ७० लाख ३३ हजार रुपैयाँ नाफा गरेको थियो । समीक्षा अवधिमा कम्पनीको नाफा २३९८.२२ प्रतिशतले बढेको हो ।

नोक्सानी व्यवस्थापन रकम घटेका कारण कम्पनीको खुद नाफा उल्लेख्य बढेको हो । गत वर्ष १८ करोड ८ लाख ८९ हजार रुपैयाँ नोक्सानी व्यवस्थापनमा छुट्याएकोमा यो वर्ष १ करोड ७१ लाख ७२ हजार रुपैयाँ मात्र राखेको छ ।

त्यस्तै कम्पनीकोे लगानी कर्जा तथा अन्यबाट हुने आय पनि बढेको छ । इन्स्योरेन्सले पहिलो त्रैमासको अवधिमा पुनर्बीमा कमिशन आयबाट ३२ लाख १२ हजार रुपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट २ अर्ब ८९ करोड ६७ लाख रुपैयाँ र बीमालेखको धितोमा कर्जाबाट ८३ करोड २१ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको छ ।

चुक्तापुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ १७ पैसाले बढेर ८ रुपैयाँ ५६ पैसा पुगेको छ । गत वर्ष यही अवधिमा ईपीएस ०.३९ रुपैयाँ थियो। जसको पीई अनुपात ६७.९७ गुणा तथा प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ३९ पैसा छ ।

यसअवधिमा कम्पनीको जीवन बिमा कोषको आकार भने १९.६४ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब पुगेको छ । गत वर्ष जीवन बीमा कोषमा १ खर्ब १८ अर्ब करोड रुपैयाँ थियो। गत वर्ष ८६ करोड ९६ लाख रुपैयाँ रहेको रिजर्भको आकार १२९.०४ प्रतिशतले बढेर १ अर्ब ९९ करोड पुगेको छ। इन्स्योरेन्सको  महाविपत्ती जगेडा कोष ३१.६२ प्रतिशतले बढेको छ । 

समीक्षा अवधिसम्म कम्पनीको कुल कायम बीमालेखको संख्या १४ लाख २५ हजार २८३ पुगेको छ। गत वर्ष कुल कायम बीमालेखको संख्या १३ लाख ९३ हजार २५८ रहेको थियो। असोज मसान्तसम्ममा इन्स्योरेन्सले २२ हजार १२५ दाबीबापत ३ अर्ब ९६ करोड ११ लाख ३८ हजार रुपैयाँ भुक्तानी गरेको छ । यस्तै, इन्स्योरेन्सले यस १ अर्ब ३२ करोड २ लाख ७५ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।