पर्यटन क्षेत्रमा सर्वाधिक आयकर तिर्ने मनकामना केबलकार सम्मानित

0
Shares

मनकामना दर्शन प्रालिलाई आन्तरिक राजश्व विभागले सम्मान गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा पर्यटन क्षेत्र मध्य सबैभन्दा बढी आयकर दाखिला गरेबापत ११ औं राष्ट्रिय कर दिवसको अवसरमा कम्पनी सम्मानित भएको हो ।

बि.स .२०५५ साल मंसिर ८ गते देखि संचालनमा आएको नेपालकै पहिलो मनकामना केबलकारले हालसम्म १ करोड ७० लाख यात्रुहरूलाई केबुलकार सेवा प्रदान गरिसकेको छ ।

यसै समूहको भातृ कम्पनी रिसोर्टस् बाई मनकामना केवल कार (प्रा ) लि ले करीब ४८ करोड लागतमा मनकामनामा ४० कोठायूक्त सुबिधा सम्पन्न होटल तथा रिसोर्टको निमार्ण थालनि गर्दै छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।