कालिञ्चोकको आईपीओमा ४७३७ वटा आवेदन, वैदेशिक रोजगारीमा रहेका ८०८ जनाले एकैदिन भरे

कालिञ्चोकको आईपीओमा ४७३७ वटा आवेदन, वैदेशिक रोजगारीमा रहेका ८०८ जनाले एकैदिन भरे

कालिञ्चोक दर्शनले मंसिर १४ गते बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरेको आईपीओमा ४ हजार ७३७ सय जनाले आवेदन दिएका छन् ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार मंसिर २६ गते सोमबार साँझ सवा ४ बजेसम्ममा ४ हजार ७३७ जना आवेदकबाट मार्फत कुल ८ करोड ८० लाख ९१ हजार रुपैयाँ बराबरको ८ लाख ८० हजार ९१० कित्ता सेयर माग भएको छ । जुन माग गरिएको सेयर संख्याको ८.१६ गुणा बढी हो ।

पछिल्लो २४ घण्टा अवधिमा मात्रै वैदेशिक रोजगारीमा रहेका ८०८ जनाले ८१ लख ५६ हजार रुपैयाँको सेयर माग भएको हो ।  सोमबारसम्म परेको आवेदक र कित्ताका हिसाबले हेर्दा प्रतिआवेदक औसतमा १८५.९६ कित्ता माग भएको देखिन्छ ।

यो आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले पर्सी मंसिर २८ गते बुधबारसम्म भर्न सक्नेछन् । कम्पनीले सर्वसाधारणमा निष्कासन हुने १० लाख ८० हजार कित्ता सेयरको १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता सेयरमा वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आवेदन खुला गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ मंसिर २०७९, सोमबार १८ : ३८ बजे