सानिमा लाइफले लाभांश नबाँड्ने

0
Shares

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ बाट सेयरधनीलाई कुनैपनि बोनस सेयर वा नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको पुस ८ गते शुक्रबार सम्पन्न ९२ औं सञ्चालक समितिको बैठकले आव २०७७/७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनी सचिव प्रिती श्रेष्ठले जानकारी दिइन् ।

कम्पनीले सो भन्दा अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा आफ्ना सेयरधनीलाई ४.२० प्रतिशत बोसन सेयर र कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

 

आर्थिक वर्ष २०७७/७८ को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले १० करोड २७ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । हाल सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्योरेन्स एक आपसमा गाभ्न गाभिने प्रकृायामा रहेका छन् । दुई कम्पनीबीच १ः१ स्वाप अनुपात गत असार २९ गते बुधबार होटल मेरियटमा मर्जर सम्झौतामा हस्ताक्षर भएको थियो ।

सम्झौतापत्रमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट सञ्चालक धनश्याम थापा र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक भरत कुमार तोदीले हस्ताक्षर गरेका छन् । दुई कम्पनी मर्जरपछि कूल चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ र जीवन बीमा कोषमा ६ अर्ब ८० करोड २१ लाख रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।