एकर्ड फर्मास्युटिकल्सले आईपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

एकर्ड फर्मास्युटिकल्सले आईपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

एकर्ड फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।

कम्पनीले प्रति सेयर एक सय रुपैयाँ अंकित दरका ७ करोड ६ लाख ९० हजार ९०० रुपैयाँ बराबरको ७ लाख ६ हजार ९०९ कित्ता आईपीओ निष्काशन गर्न माग गर्दै पुस ४ गते सेबोनमा निवेदन दिएको हो ।

कम्पनीले आईपीओ निष्काशन तथा बिक्री गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौंको तीनकुनेस्थित सुविधानगरमा रहेको छ । कम्पनीको औषधी कारखाना ललितपुरको महालक्ष्मी नगरपालिका लुभू रहेको छ । एकर्ड फर्मास्युटिकल्स औषधि उत्पादन गर्ने कम्पनी हो । कम्पनीले दिएको आईपीओ निवेदनलाई बोर्डले अन्य समुह अन्तर्गत राखेको छ ।

आइपीओ जारी गर्ने तयारीमा रहेको एकर्ड फारमास्युटिकल्सको आम्दानी साढे ५ करोड

सन् २०१३ मा स्थापना भएको फारमास्युटिकल कम्पनीले हालै आफ्नै औषधी उत्पादक प्लान्टको निर्माण गरेको छ । कम्पनीले उक्त प्लान्टबाट एन्टीबायोटिक, एन्टि–ब्याक्टेरियल, एन्टि–पाइरेटिक, एन्टि–इन्फलामेटोरी, एन्टि–फङगल लगायतका विविध औषधीहरुको उत्पादन गर्दै आएको छ ।

कम्पनीले ललितपुरको महालक्ष्मीमा प्लान्टको निर्माण गरी सन् २०२१ बाट औषधी उत्पादन सुरु गरेको हो । काठमाडौँ सहरमा अस्पतालहरुको सङ्ख्या उच्च रहँदा कम्पनीलाई फाइदा पुगेको छ । उपत्यकामा मात्रै देशभरका ५० प्रतिशत भन्दा धेरै अस्पतालहरु रहेका छन् । उपत्यका क्षेत्रमा देशका अरु ठाउँहरुको तुलनामा मानिसहरुको बाक्लो उपस्थिति रहँदा पनि कम्पनीलाई सहजता भएको छ ।

औषधी उत्पादक प्लान्ट सञ्चालनमा आएको एक वर्षभित्र नै ५९ प्रकारका औषधी उत्पादन गर्न सफल भएको छ भने १४ प्रकारका औषधी उत्पादनको लागि इजाजत लिएको छ । कम्पनीले ट्याब्लेट, क्याप्सुल, ओइन्टमेन्ट र सीरप गरी चार प्रकारमा औषधी उत्पादन गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १२ पुस २०७९, मंगलबार १४ : ०८ बजे