विवादित बीमांकी नियुक्तीले महालक्ष्मी र प्रभु लाइफको मर्जर प्रक्रिया लम्बियो

0
Shares

महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले मर्जरका लागि नेपाल बीमा प्राधिकरणबाट पहिलो चरणको स्वीकृति पाइसकेका छन् । स्वीकृति पछि सम्पति मूल्यांकनका लागि महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले नियुक्त गरेको बीमांकी विवादित भएपछि प्राधिकरणले मूल्यांकन स्वीकृति प्रक्रिया लम्बाई दिएको हो ।

स्रोतका अनुसार महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले भारतीय बीमांकी नियुक्त गरेको थियो । जसले भारत र बेलायतमा समेत बीमांकीको अभ्यास गर्दै आएको पाइएको स्रोतले बतायो । तर, बेलायतको बीमा नियमनकारी निकायले उसलाई कारवाही गरेको थाहा पाए पछि बीमांकीलाई मान्यता दिने वा नदिने भन्ने बिषयमा प्राधिकरण अलमलमा परेको थियो ।

लामो अध्ययन र छलफल पछि सो बीमांकीले भने भारतमा मान्यता पाउदै आएको देखियो । साथै कुनै मुलुकले कारवाही गर्दैमा तेस्रो मुलुकमा सो निर्णय लागू नहुने कानुनी स्पष्टता भएपछि समितिले बाधा फुकाईदिएको प्राधिकरण स्रोतले जनाएको छ ।

त्यस्तै, सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको मर्जर प्रक्रिया पनि रोकिएको छ । कम्पनी स्रोतका अनुसार कम्पनीले प्राधिकरणमा बुझाएको सम्पति मूल्यांकन नै स्वीकृति नभएपछि प्रक्रिया अड्किएको हो ।

मर्जरमा जानु अघि कम्पनीहरुले आ आफनो बीमांकी नियुक्त गरी सम्पतिको मूल्यांकन गर्नुपर्ने हुन्छ । सो मूल्यांकन कम्पनीहरुले प्राधिकरणमा बुझाउछन् । प्राधिकरणले पनि आफनो बीमांकीद्धारा सम्पतिको मूल्यांकनको पुनः परिक्षण गर्छ । प्राधिकरणको बीमांकीले ठिक भनेपछि मात्रै स्वीकृति पाउँछन् ।

त्यस्तै, प्राइम लाइफ, गुराश लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको मर्जरको प्रक्रिया पनि अलमलमा परेको छ । कम्पनीहरु बिच स्वाप रेशियामा कुरा मिल्न

नसक्दा प्रक्रिया अलमलमा परेको प्राधिकरणको भनाई छ । कम्पनीहरुले गत जेठ ३ गते मर्जरका लागि प्राधिकरणबाट सहमती पाएका थिए । कम्पनीले पुस १५ गते देखि एकीकृती कारोबार नै गर्ने गरी प्राधिकरणमा योजना बुझाएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।