आखिर ज्याक माले किन गुमाए आफ्नै कम्पनीको नियन्त्रण शक्ति ?

0
Shares

बहुचर्चित इ–कमर्श कम्पनीका संस्थापक ज्याक माले आफ्नै कम्पनीमा मुख्य निर्णय गर्न सक्ने निर्णायक शक्ति गुमाएका छन् ।

अलिबाबा ग्रुप अफ इन्डिष्ट्रिज तथा एन्ट ग्रुपमा ५० प्रतिशत भन्दा धेरै सेयर हिस्सा ओगटेका ज्याक माको अबका दिनमा कम्पनीमा ६.२ प्रतिशतको सेयर होल्ड गर्ने छन् ।

अक्टोबर २४मा साङ्घाईमा भएको बुन्ड कन्फेरेन्समा चिनियाँ सरकार विरुद्ध बोलेका थिए । उनले चीनले जोखिम नियन्त्रणमा मात्रै काम गरिरहेको र युवाहरुलाई पर्याप्त अवसर दिन नसकेको बताए । कम्फेरेन्सको केही समयपछि अलिबाबाले हङकङ र साङ्घाईमा जारी गर्न तयारी गरेको ३ ट्रिलियन डलर बराबरको सार्वजनिक निष्काशन चीनले रद्द गरेको थियो ।

त्यसपछिका दिनमा चिनियाँ सरकारले ज्याक माका कम्पनीहरुलाई विभिन्न प्रकारका चार्जहरु लगाउँदै आएको छ । कयापिटल रिसर्चरका एन्ड्र कोलिअरले चीनको दोस्रो धनाढ्य व्यक्ति ज्याक मासँग चिनियाँ सरकारलाई समस्या भएको बताए ।

ज्याक माका चीनमा दुई वटा बहु चर्चित कम्पनी सञ्चालनमा छन् । ज्याक माले स्थापना गरेको क्रेडिट कार्ड ‘अलि पे’का मासिक सक्रिय प्रयोगकर्ताहरुको सङ्ख्या ७३ करोड रहेको छ । प्रयोगकर्ताको सङ्ख्यामा वृद्धि भएसँगै ‘अलि पे’ले चिनियाँ सरकारको लगानी रहेका दुई ठूला बैंकहरुलाई चुनौती दिएका कारण उनलाई असफल बनाउन चिनियाँ सरकार नै पछि लागेको उनको टिप्पणी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।