माया खोलाले आयोजना प्रभावितका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड

0
Shares

माया खोलाले आयोजना प्रभावितका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ ।

प्रभु क्यापिटलको निष्काशन तथा बिक्रि प्रबन्धकत्वमा कम्पनीले जारी पूँजीको १०% अर्थात १० करोड रकम बराबरको १० लाख कित्ता साधारण सेयर बाँडफाँड गरेको हो ।

कम्पनीले संखुवासभा जिल्लाको चैनपुर न.पा.को वडा नं. ८ र ९, धर्मदेवी न.पा. को वडा नं. ३,४ र ५, मादी न.पा.को वडा नं. ४ र ६ का स्थाई बासीन्दाहरुको लागि ६ लाख कित्ता बाँडफाँड भएको छ ।

प्रभावित क्षेत्र संखुवासभा जिल्लाका चैनपुर न.पा.को वडा नं. ८ र ९, धर्मदेवी न.पा.को वडा नं. ३,४ र ५, मादी न.पा.को वडा नं. ४ र ६ बाहेकका चैनपुर, धर्मदेवी र मादी नगरपालिकका स्थाई बासीन्दाहरुको लागि ४ लाख कित्ता सेयर बाँडफाँड गरिएको हो।

कम्पनीले गत मंसिर २३ गतेदेखि पुस १७ गतेसम्म निष्काशन तथा बिक्री खुला गरिएकोमा पुस २६ गते बाँडफाँड गरिएको हो।

उक्त शेयर बाँडफाँडमा अति प्रभावितमा १ हजार ७७२ जना आवेदकबाट प्राप्त ६ लाख ९० हजार ९४० कित्ताको लागि आवेदन प्राप्त भएको थियो , जसमा १० कित्ता देखि १२ सय कित्ता सम्म आवेदन गर्ने आवेदकलाई सम्पूर्ण कित्ता गरी जम्मा ५ लाख २१ हजार ६२० कित्ता सेयर बाँडफाँड गरिएको छ।

यस्तै १२ सय कित्ता भन्दा बढी ९ हजार ५२० कित्ता शेयरको लागि आवेदन दिने प्रत्येक आवेदकहरुलाई १२ सय कित्ता शेयर गरी ७८ हजार कित्ता शेयर गर्दा जम्मा ५ लाख ९९ हजार ६२० कित्ता सेयर बाँडफाँड भएको छ । बाँकी रहेको ३८० कित्ताको लागि १३ सय कित्ता देखि ९ हजार ५२० कित्ता सम्म आवेदन दिने ६५ जना मध्ये ३८ जनालाई थप १० कित्ता शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।

साथै प्रभावितमा २ हजार ६२ जना आवेदकहरुबाट ४ लाख १ हजार ८ सय कित्ताको लागि आवेदन प्राप्त भएकोमा रितपुर्वक प्राप्त भएका आवेदनहरु मध्येहरुलाई ४ लाख कित्ता सेयर धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको क्यापिटलले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।