नेपाली बजारमा शुक्रबार सुन चाँदीको मूल्य वृद्धि

0
Shares

नेपाली बजारमा शुक्रबार सुन चाँदीको मूल्य वृद्धि भएको छ।

शुक्रबार छापावाला सुन तोलामा ५ सय रुपैयाँले वृद्धि भई प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

साथै आज चाँदी तोलामा ५ रुपैयाँले वृद्धि भई प्रति तोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।