हजार भन्दा बढी महिला व्यवसायीलाई कोका-कोलाको सक्षम तालिम

0
Shares

कोका-कोलाले आफ्नो सक्षम तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । खुद्रा व्यवसाय तथा साना रेस्टुरेन्टहरु सञ्चालन गर्ने महिला व्यवसायीहरुको सीप विकास गर्न तथा सशक्तिकरण गर्ने उद्धेश्यले सञ्चालन गरिएको यस कार्यक्रममा एक हजार भन्दा बढी जना महिलालाई तालिम प्रदान गरेको हो।

गत ८ मार्च २०२२ गते अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर कोका–कोलाले आफ्नो बोटलिङ पार्ट्नर बोट्लर्स नेपालसँग मिलेर सक्षम कार्यक्रमको शुरुवात गरेको थियो । खुद्रा व्यवसाय र साना रेस्टुरेन्टहरु सञ्चालन गर्ने महिलाहरुलाई वित्तीय साक्षरता, हस्पिटालिटी, स्यानिटेसन म्यानेजमेन्ट र डिजिटल वालेटको प्रयोग सम्बन्धि तालिम दिनको लागि उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । प्रदेश १, २, ३ र ४ का मुख्य सहरहरुमा एक–एक दिन गरी यो कार्यक्रम सञ्चालन गरिएको थियो ।

सन् २०१० मा कोका–कोलाले विश्वव्यापी रुपमा फाइभ बाइ ट्वेन्टि (५ बाई २० ) सञ्चालन गरेको थियो जसअन्तर्गत कम्पनीले सन् २०२० सम्म ५ मिलियन (पचास् लाख ) महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने लक्ष्य लिएको थियो । त्यस्तै नेपालमा पनि गत ६ वर्ष देखि स्टार(शप किपर ट्रेनिङ रिसोर्सेस) सञ्चालन गर्दै आइरहेको छ जसअन्तर्गत ५ हजार ८ सय जना खुद्रा व्यवसाय सञ्चालन गर्ने महिलाहरुलाई तालिम दिइसकेको छ ।

नेपाल सरकारको पन्ध्रौँ राष्ट्रिय योजना (२०७६/७७–२०८०/८१) अनुरुप महिलाहरुको समान र अर्थपूर्ण सहभागिताको माध्यमबाट पूर्ण लैंगिक समानता हासिल गर्ने उद्धेश्यलाई पनि यो पहलले सघाउ पु¥याउने कम्पनीले विश्वास लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।