लक्ष्मी लघुवित्तले ७ करोड ६८ लाख बराबरको लाभांश वितरण गर्ने

लक्ष्मी लघुवित्तले ७ करोड ६८ लाख बराबरको लाभांश वितरण गर्ने

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

माघ ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल लघुवित्तको चुक्ता पुँजी ३८ करोड ४० लाख ५४ हजार रुपैयाँ छ । जसको कुल २० प्रतिशतले हुन आउने ७ करोड ६८ लाख १० हजार ८०० रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ ।

लघुवित्तले १५ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख ८ हजार १०० रुपैयाँ बराबरको बोनस सेयर तथा करसहित ५ प्रतिशतले हुन आउने १ करोड ९२ लाख २ हजार ७०० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ५ माघ २०७९, बिहीबार १० : २८ बजे