नेपालको आइटी कम्पनी आइमार्कको स्टार्टजिक पार्टनरमा गेटवेएक्स

0
Shares

नेपालको आइटी कम्पनी आइमार्कले अष्ट्रेलियन आइटी कम्पनी गेटवेएक्ससँग स्टार्टजिक पार्टनरसीप गरेको छ ।

साझेदारी पत्रमा आइमार्कको तर्फबाट आइमार्कका अध्यक्ष राम ढुङ्गाना र गेटवेएक्सका सञ्चालन तथा प्रविधि प्रमुख सुदिप आचार्यले हस्ताक्षर गरेका छन् ।

गेटवेएक्सका सञ्चालन तथा प्रविधि प्रमुख सुदिप आचार्यले आइमार्कसँगको सहकार्यले दुवै कम्पनीका १ सय भन्दा बढी इन्जिनियरहरुको क्षमतालाई एकैसाथ विश्व बजारमा प्रस्फुटन गराउने र विश्वलाई आवश्यक पर्ने टेक्नोलोजिकल सोलुसन उपलब्ध गराउने बताए ।

साझेदारी पत्रमा हस्ताक्षर गर्दै आइमार्कका अध्यक्ष राम ढुङ्गानाले यस साझेदारीले आइमार्कलाई अष्ट्रेलियामा आफ्नो बजार विस्तार गर्न र गेटवेएक्सलाई दक्षिण एशियाका विभिन्न देशहरुमा बजार विस्तार गर्न सघाउने बताए ।

आइमार्कले नेपालको फिनटेक र हेल्थटेकको विकासमा अग्रणी भूमिका खेलेको छ । कम्पनीले अस्पतालहरु को लागी इलेक्ट्रिक मेडिकल रेकर्ड तथा हस्पिटल म्यानेजमेन्ट सिस्टमको विकास गर्दै आएको छ साथै बैंक तथा वित्तीय संस्था हरुको लागि विभिन्न फिन्टेक सोलुसन प्रदान गर्दै आएको छ।

यस्तै गेटवेएक्सले ग्लोबल एसिस्टेन्स, लोजिस्टीक्स, एजुकेशन तथा जेनरल इन्टरप्राइज रिसोर्स प्लानिङका क्षेत्रमा काम गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।