सिटिजन्स बैंकको सीईओमा गणेशराज पोखरेललाई निरन्तरता

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनलले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललाई पुनः सोही पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।

माघ १८ गते बुधबार बसेको ४११ औं सञ्चालक समितिको बैठकले आगामी ४ बर्षको कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पोखरेलले स्थापना काल देखिनै बैंकसंग आवद्ध भई विभिन्न ओहदामा रहि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । साथै २०६५ साल देखिनै दोस्रो वरियतामा रहि बैंकमा कार्य सम्पादन गर्दै आएका थिए।

बैंकिङ्ग क्षेत्रमा एक अनुभवी बैंकरका रुपमा परिचित पोखरेलले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानुनमा स्नातक तथा काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन ।

बैंकमा आबद्व हुनु अगाडी उनले विभिन्न संस्थामा महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सकेका छन् । व्यवस्थापन क्षेत्रमा ३० वर्ष लामो अनुभव भएका पोखरेल दूरदर्शी, लगनशील, मृदुभाषी तथा दृढ इच्छा शक्ति भएका व्यक्तिका रुपमा परिचित छन् ।

पोखरेलको कार्यकालमा बैंकले ग्राहक संख्या, डिम्याट संख्या, मोबाईल बैकिङ तथा अन्य डिजिटल एवं ट्रानजेक्सन बैकिङ सेवा सुविधा लगायतका अधिकांश सूचक तथा ब्राण्डिङ्मा राम्रो उपलब्धी हाँसिल गर्न सफल भएको छ ।

बैंकले उनको पहिलो ४ बर्षे कार्यकालमा निक्षेप औषतमा वार्षिक २६.०४% बृद्धि गरि हाल १६१.४५ अर्ब पुगेको छ भने कर्जा औषतमा वार्षिक २३.६२% बृद्धि गरि हाल १४२.५४ अर्ब तथा चुक्ता पूँजी १४.२० अर्ब पुगेकोे छ ।

त्यसै गरि खुद नाफा ४ वर्षमा औषतमा वार्षिक १२.९१% बृद्धि भई आ.व. २०७८/७९ मा २ अर्ब पुगेको छ । सोहि अबधिमा बैंकको पँुजि कोष सबल बनाउने, शाखा तथा व्यापार व्यवसाय बढाउने ध्येयले प्रदेश १ मा सृजना फाईनान्स लिमिटेड, मधेश प्रदेशमा सहयोगी विकास बैंक लिमिटेड र लुम्बिनी प्रदेशमा तिनाउ मिशन विकास बैंक लिमिटेडलाई समेत प्राप्ति गरको थियो ।

बैंकले हाल देशैभरी १८२ शाखा कार्यालय, ३ विस्तारित काउण्टर, १३५ एटिएम, ९७ शाखा रहित बैंकिङ इकाई र २० माईक्रो फाईनान्स इकाईबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकको १५ लाखभन्दा बढीको संख्यामा ग्राहकहरु रहेका छन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।