आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स १:१ स्वाप रेसियोमा गाभिने

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स १:१ स्वाप रेसियोमा गाभिने

आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच शुक्रबार १ः१ को समान स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको छ । यद्यपी अन्तिम स्वाप रेसियो भने डीडीए रिर्पोट समेतका आधारमा तय हुने सम्झौता छ ।

आइएमई जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक तथा मर्जर समितिका संयोजक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट सञ्चालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले एक आपसमा गाभ्ने।गाभिने सम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् ।

एमओयूमा हस्ताक्षर कार्यक्रमा नेपाल बीमा प्राधिकरणको कार्यालयमा अध्यक्ष सूर्य प्रसाद सिलवाल तथा दुबै कम्पनीका संञ्चालक समितिका अध्यक्षहरू, सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति थियो ।

समान स्वाप रेसियोमा मर्जरमा गएका दुई कम्पनीले सम्झौता अनुसार एकीकृत संस्थाको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड राख्ने भएका छन् । दुबै कम्पनीको विशेष साधारण सभा मार्फत मर्जर सम्बन्धी प्रस्ताव पारित हुनेछ ।

मर्जरपछि अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानीय पहुँच, अनुभव र क्षमतालाई बढी भन्दा बढी प्रभावकारी बनाउदै आफ्ना सेयरधनीहरूलाई समायानुकुल उचित प्रतिफल प्रदान गर्ने उदेश्य कम्पनीको रहेको छ ।

मर्जर सम्झौताले प्राधिकारणबाट जारी भएका निर्देशनहरु तथा नीति, नियमहरुको पालना गर्दै बीमा क्षेत्रमा बढदै गएको तिव्र प्रतिस्पर्धामा सवल र सक्षम बीमा कम्पनीको रूपमा स्थापित भै दीर्घकालसम्म अझ उन्नत स्तरको निर्जीवन बीमा सेवा प्रदान गर्न सहयोग पुग्ने बताइएको छ ।

आइएमई ग्रुपको दुबै कम्पनीमा क्रस होल्डिङ रहेकोमा बीमा प्राधिकरणले पटक पटक मर्जर सम्झौतामा जान आग्रह गर्दै आइरहेको थियो । यो बाहेक नेपाल इन्स्योरेन्समा समेत आइएमई ग्रुपको क्रस होल्डिङ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ माघ २०७९, शनिबार १० : ०२ बजे