दुई दिनमा १५ सय रुपैयाँले बढ्यो सुनको भाउ


छापावाला सुनको भाउ दुई दिनमा १५ सय रुपैयाँले बढेको छ ।

हिजो ५ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरी १ हजार रुपैयाँले बढेको हो । आज विहीबार सुनको भाउ १ लाख १० हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ।

छापावाला सुन हिजो सोमबार १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख १० हजार २५० रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो कारोबार दिन तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ४५० रुपैयाँ खरिद बिक्री भएको छ । हिजो चाँदी १ हजार ४३५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा दैनिक रुपमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् । अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा मूल्य निर्धारण गरिने गरिन्छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार २० दशमलव ६२ र चाँदी प्रतिऔंस २५.४१ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।