सुनको भाउ ९ सय रुपैयाँले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


साताको पहिलो कारोबार दिन सुनको भाउमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार छापावाल सुन ९ सय रुपैयाँले बढेर घटेर १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ तोकिएको छ । तेजाबी सुन शुक्रबार प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । शुक्रबार एक हजार ४४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी २५ दशमलव ८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।