सुनको भाउमा गिरावट कायमै, दुई दिनमा ११ सयले घट्यो


नेपाली बजारमा छापावाला सुन दुई दिनको अवधिमा ११ सय रुपैयाँले घटेको छ । हिजो ९ सय रुपैयाँले घटेर १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज सोमबार पुन २ सय रुपैयाँले घटेको हो ।

आज सुन किन्नेले १ लाख ९ हजार १ सय रुपैयाँ खर्चिनुपर्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँ तोकिएको छ । तेजाबी सुन आइतबार प्रतितोला १ लाख ८ हजार ८ सयमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्यमा आज २० रुपैयाँले गिरावट आएको छ । आइतबार ५ रुपैयाँले घटेर १ हजार १४० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर १ हजार १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी २४ दशमलव ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।