श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको बोनस वितरण

0
Shares

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित बोनस सेयर वितरण गरेको छ । कम्पनीका अनुसार चैत २८ गतेदेखि बोनस सेयर वितरण गरिएको हो ।

फाइनान्स कम्पनीको २०७९ पुस २९ गते सम्पन्न २८ औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको २.४० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ५.२० प्रतिशत नगद गरी कुल ७.६० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो ।

साधारण सभाबाट पारित भएको उक्त बोनस सेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गरी बुकक्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिएको हो ।

सभाबाट पारित भएको नगद लाभांश भने फाइनान्सले माघ ५ गतेदेखि नै वितरण गरिसकेको छ । फाइनान्सको लाभांश २०७९ पुस १८ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र पाउनेछन् ।

साथै फाइनान्सले पुस १८ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का जनाई बोनस सेयर जम्मा गरिएको जनाएको छ । सो मितिपश्चात् कर्जा राफसाफ भइसकेको सेयरधनीलाई सम्बन्धीत संस्थाबाट नो अब्जेक्सन लेटर ल्याएर फुकुवा गर्न समेत आग्रह गरिएको छ ।

कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नक्साल रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।