बिहीबार सुन-चाँदीको भाउ कति ?


नेपाली बजारमा बिहीबार छापावाला सुनको भाउ बढेको छ ।

बुधबार २ सय रुपैयाँले बढेर १ लाख ९ हजार ७ सय रुपैयाँ पुगेको सुन आज बिहीबार १ सय रुपैयाँले घटेर १ लाख ९ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँ तोकिएको छ । तेजाबी सुन बुधबार प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता बुधबार १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज पनि सोही भाउमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी २५ रुपैयाँ ०९ पैसामा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।