चार कम्पनीको १ करोड १७ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज बिहीबार चार कम्पनीको १ करोड १७ लाख ७७ हजार ४३७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

निर्धन उत्थान लघुुवित्त वित्तिय संस्था, नेपाल रि इन्स्योरेन्स कम्पनी, डिप्रोक्स लघुवित्त वित्तीय, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले वितरण गरेका बोनस सेयर आज सूचीकृत भएको हो ।

निर्धन उत्थान लघुुवित्त वित्तिय संस्थाको गत आर्थिक वर्ष २०७८\७९ को मुनाफाबाट चुक्ता पुँजीको १९ प्रतिशतले हुन आउने ४१ लाख ७० हजार ५४७ कित्ता सेयर सूचीकृत भएको हो ।

यस्तै प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको ३ लाख ९४ हजार ३९२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यो चुक्ता पुँजीको ३.३२५ प्रतिशत हो ।

यस्तै नेपाल रि इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशत अर्थात ५८ लाख २५ हजार कित्ता सेयर सूचीकृत भएको छ भने डिप्रोक्स लघुवित्त वित्तीय संस्थाकोे चुक्ता पुँजीकोे १० प्रतिशतले हुन आउने १३ लाख ८७ हजार ४९८ कित्ता सेयर सूचीकृत भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।