आइतबार सुनको भाउमा सामान्य वृद्धि, चाँदी पनि बढ्यो


साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा छापावाला सुनको भाउ १ सय रुपैयाँले वृद्धि भएको छ । गत साता तोलामा ११ सय रुपैयाँले घटेको सुनको भाउ यो साताको पहिलो दिन एक सय रुपैयाँले महङ्गिएको हो ।

शुक्रबार १ लाख ९ हजार १ सयमा कारोबार भएको छापावाला सुन आज १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँ तोकिएको छ । तेजाबी सुन शुक्रबार प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता शुक्रबार सुन १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज भने ५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९ सय ८९ दशमलव ७८ पैसामा कारोबार भइरहेको छ भने चाँदी २५ रुपैयाँ ०५ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।