सुनको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


साताको पहिलो कारोबार दिन एक सय रुपैयाँले बढेर १ लाख ९ हजार २ सय रुपैयाँमा कारेबार भएको छापावाला सुन सोमबार सामान्य घटेको छ ।

आज सोमबार छापावाला सुन १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा २ सय रुपैयाँले कम हो । शुक्रबार १ लाख ९ हजार १ सय रुपैयाँ निर्धारण गरिएको सुन आइतबार १ सय रुपैयाँले बढेको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ तोकिएको छ । तेजाबी सुन आइतबार प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता आइतबार ५ रुपैयाँले बढेर सुन १ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९ सय ८४ दशमलव ८६ पैसामा कारोबार भइरहेको छ भने चाँदी २५ रुपैयाँ ०१ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।