दुई दिनमा चार सय रुपैयाँले घटेको सुनको भाउ एकैदिन १८ सयले बढ्यो


दुईदिनमा ४ सय रुपैयाँले घटेको छापावाला सुनको भाउ आज एकैदिन १८ सय रुपैयाँले वृद्धि भएको छ । सुनको भाउमा सोमबार र मंगलबार  २\२ सय रुपैयाँले गिरावट आएको थियो ।

आज १८ सय रुपैयाँले बढेसँगै सुनको भाउ १ लाख १० हजार ६ सय रुपैयाँ पुगेको छ । सुनको भाउ मंगलबार प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५० रुपैयाँ तोकिएको छ । तेजाबी सुन आइतबार प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको भाउमा आज १ हजार ७ सय ५० रुपैयाँले वृद्धि भएको हो ।

यता मंगलबार १० रुपैयाँले घटेको चाँदी आज एकैदिन २० रुपैयाँले बढेको छ । मंगलबार १ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस २ हजार १६ दशमलव ६९ पैसामा कारोबार भइरहेको छ भने चाँदी २५ रुपैयाँ २७ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।