एक लाख घुस लिने शिक्षा अधिकृत शेषकान्त पौडेल विरुद्ध मुद्दा दायर


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका, शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेल विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको र १ लाख रुपैयाँ घुस लिइसकेका पौडेल विरुद्ध आयोगले मुद्दा दर्ता गरेको हो ।

पौडेलको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसुर भएकोले पौडेललाई बिगो १ लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम जरिवाना र सोही दफा ३ को उपदफा १ को देहाय खण्ड ग बमोजिम कैद सजायको मागदावी गर्दै उनी विरुद्ध मुद्दा दायर गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।