रेकर्ड मूल्यबाट १२ सय रुपैयाँले घट्यो सुनको भाउ


स्थानिय बजारमा सुनको भाउ रेकर्ड मूल्यबाट घटेको छ । गत बिहीबार १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको सुनको भाउमा आइतबार भने गिरावट आएको हो ।

बिहीबारको तुलनामा आइतबार सुनको भाउ १२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ १ लाख १० हजार ६ सय रुपैयाँ तोकिएको छ ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५० रुपैयाँ तोकिएको छ । तेजाबी सुन बिहीबार प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको थियो । आज तेजावी सुनको भाउ पनि आज १२ सय रुपैयाँले नै घटेको हो ।

यता आइतबार चाँदी भाउ भने स्थिर रहेको छ । बिहीबार प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा कायम भएको हो । अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस २ हजार १६ दशमलव ८७ पैसामा कारोबार भइरहेको छ भने चाँदी २५ रुपैयाँ ६६ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।