आदर्श लघुवित्तको बोनस सेयर सूचीकृत


आदर्श लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । लघुवित्त कम्पनीकाे ४१ हजार ४०० कित्ता बाेनस सेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको हो । 

कम्पनीको फागुन ३० गते सम्पन्न भएकाे लघुवित्तकाे पाँचाैं वार्षिक साधारण सभाले बोनस सेयर पारित गरेको थियाे । सभाले चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने गर्ने प्रस्ताव पारित गरेको थियो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले २०७९ फागुन १६ गते एक दिन बुकक्लोज घोषणा गरेको थियो । बुकक्लोजको आधारमा फागुन १५ गतेसम्म कायम सेयरधनीहरूले मात्रै बोनस सेयर पाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।