सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


स्थानीय बजारमा आइतबारको तुलनामा सुनको भाउ ३ सय रुपैयाँले बढेको छ । आइतबार १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १० हजार ९ सय रुपैयाँ निर्धारण गरिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ३५० रुपैयाँ तोकिएको छ । तेजाबी सुन आइतबार प्रतितोला १ लाख १० हजार ३५० रुपैयाँ तोकिएको थियो । आज तेजावी सुनको भाउ पनि आज ३ सय रुपैयाँले नै घटेको हो ।

यता सोमबार चाँदी भाउमा भने कुनै पनि परिवर्तन नभएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ आइतबार पनि स्थिर थियो । बिहीबार प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा कायम भएको हो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस २ हजार २४ दशमलव १३ पैसामा कारोबार भइरहेको छ भने चाँदी २५ रुपैयाँ ७५ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।